ब्याज आम्दानी घटेपछि एनआईसी एसिया लघुवित्तको नाफा प्रभावित

डिसी नेपाल
२९ वैशाख २०८० ११:३५
76
Shares

काठमाडौँ। एनआईसी एसिया लघुवित्तले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको विवरण अनुसार संस्थाले २३ करोड २४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ५८.९३  प्रतिशतले काम हो।  गत वर्षको यहि अवधिमा संस्थाले ५६ करोड ६० लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसंगै खुद नाफा प्रभावित भएको देखिन्छ। समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३४.९६ प्रतिशतले घटेर ७७ करोड ६७ लाख ६६ हजार रुपैयाँमा आएको छ। सञ्चालन नाफा पनि ५६.६३ प्रतिशतले घटेर ३३ करोड ४५ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ६६ पैसा छ। खराब कर्जा ३.४५ प्रतिशतले बढेर ४.९१ प्रतिशत पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *