बालुवाटारमा शीर्ष नेताहरुको बैठक जारी

डिसी नेपाल
३१ वैशाख २०८० १०:३६

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता जारी छ ।

आइतबार बिहान १० बजेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न उच्च तहका नेता र कर्मचारी अनुसन्धानको दायरामा तानिएपछि शीर्ष नेताहरु आन्तरिक छलफल तीव्र बनाएका छन् ।

जारी भेटवार्तामा संसदमा रहेको टीआरसी विधेयक, संवैधानिक परिषदको विधेयक र नागरिकता विधेयकबारे दलहरुबीच छलफल भइरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *