बालकृष्ण खाँणलाई थप अनुसन्धानका लागि ४ दिन म्याद थप

डिसी नेपाल
३१ वैशाख २०८० १६:३३

काठमाडौं। नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान नपुगेको भन्दै चार दिनको म्याद लिईएको छ ।

नेपाल प्रहरीले खाँणमाथि  थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको चार दिनको म्याद आजै सकिदै थियो ।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्वगृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परेपछि उनलाई गत बुधबार पक्राउ गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *