अदालत लैजाने क्रममा पूर्वगृहमन्त्री खाँणले भने- मेरो संलग्नता छैन

डिसी नेपाल
३१ वैशाख २०८० १७:१४
844
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।

आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा केहि भन्नुहुन्छ मिडियालाई भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफु संलग्न नभएको प्रतिक्रिया दिएका हुन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेको थियो।

नेपाल प्रहरीले खाँणमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको छ। यसअघि लिएको चार दिनको म्याद आजै सकिदै थियो।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्वगृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परेपछि उनलाई गत बुधबार पक्राउ गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *