नेपालमा अस्थिरता, भ्रष्टाचार र माफियातन्त्रको जगजगी

शंकरप्रसाद रिजाल
१ जेठ २०८० ११:२८

करिव २५० वर्षसम्म बचिआएकोे नेपाल र नेपालको शाह वंशको कार्यकाल बिसं २०६२/०६३ सालमा आएर अकस्मात अन्त्य हुन पुग्यो। देशले जगेर्ना गरी आएको सेतो हात्ती ढल्यो।

नेपालमा अस्थिरता, भ्रष्टाचार, अन्याय अत्याचार, दलाली र माफियातन्त्र झागिँदै यसको प्रदुषित वातावरणले सारा नेपाली जनता आज निसास्सिएका छन्।

देशमा जताततै बेथितिका मुसा यत्रतत्र दगुर्दै देशको अस्मितालाई नै आँच आउने गरी देशको हरेक क्षेत्रको विधि, प्रणाली र तन्त्रलाई बिस्तारै जालो बनाइ सकेका छन्।

यो सयौं वर्षको शाही शासनले आर्जेको पूर्वमा मेची र पश्चिममा माहाकालीसम्म फैलिएको नेपालको भू–स्वामित्व र उत्तरमा बिशाल हिम शृंखला, बीचमा चुरे भावरका अग्ला अग्ला पाहाड, गह्रै गह्राका थेप्चे ढिस्का र दक्षिणतर्फका तराईकासम्म फाँट र मैदानको आफ्नै मौलिक विशेषता छ। यस्तो सुन्दर देश आज भ्रष्टाचार, अन्याय, बेथिति र माफियातन्त्रले आक्रान्त भएको देख्दा कुनचाहिँ सच्चा नेपाली “भुँइ” मान्छेको चित्त नदुख्ला?

२५० वर्षको शाह बंशीय शासनकाल सन् १५५९ द्रब्य शाहको पालादेखि सुरु भै सन् २००८ मा राजा ज्ञानेन्द्रको शासनसम्म रह्यो। यो अवधिमा जम्मा जम्मी २१ शाह राजाले शासन गरेको इतिहास छ। ती मध्ये राम शाहको पालामा गोरखामा न्याय व्यबस्थाको राम्रो थिति थियो।

त्यसै कारणले त उनको पालामा सुरु भएको “न्याय नपाए गोर्खा जानु” भन्ने प्रचलित कहावत आज पनि स्मरण गरिन्छ। त्यसपछि अरु शाह राजा हुने र हट्ने कोही शासन छोडी काशी जाने, कोही चाँडो मृत्यु वरण गर्ने गर्दा सन् १७०३ मा पृथ्वी नारायण शाहको पालामा आएर फेरि शाह शासनको उदय भयो।

नेताहरु अझै पनि हामी नै नेपालको बिकास गर्छौं भनी घरी बालुवाटार, घरी बालकोट, घरी बुढानिलकण्ठ र घरी खुमलटार दौडिइरहेका छन्। अब देशका नौजवान, बिदेशमा रहेका नेपाली नौजवान युवा युवती, स्वदेश र बिदेशका देशका चिन्तकले यो निष्कर्ष निकाली सकेको छन् कि यिनीहरुबाट यो देशको उंभो लाग्दैन भनेर।

उनी भ्रस्टाचार, अन्याय, अत्याचार र माफिया बिरोधी एक बहादुर र शाहसी तथा दूरदर्शी लडाकु र नेता थिए। तर सारा उनको जीवन बिभिन्न भुरे टाकुरे राज्यलाई एकीकरण गरी सिंगो नेपाल बनाउन नै बित्यो। त्यस उप्रान्त फेरि राजा कमजोर बन्दै गए।

तर भ्रष्टाचार र घुसखोरी भने सुन्नमा आएको थिएन। त्यसपछि राणाहरुको अनेक प्रताडना र बन्दी जीवनबाट उम्किएरराजा त्रिभुवन देशमा जनतासँग साथै लागेर भारततर्फ लागेको इतिहास अविस्मणीय छ।

देशमा राणाले गरेको मनपरी सहन नसकी त्यसको बिरोधमा एकैचोटी नेपालमा प्रजातन्त्र ल्याई सबै कुराको थिति मिलाउने भन्ने विषय कम चुनौतीपूर्ण थिएन। केही विलासी जीव बिताए पनि देशको परिस्थितिदेखि बिरक्त भै जनतासँग लागेर राजा हिँड्नु भनेको साधारण कुरा पक्कै होइन।

भ्रष्टाचार अन्याय अत्याचार गर्ने, बेथिति गर्ने र माफिया बन्नेको त परै जाओस्। २००७ सालमा देशमा प्रजातन्त्र आयो। राजा र जनता मिलेर देशमा शासन गरे। तर जब जनताले सरकार चलाउन थाल्यो, तब देशमा नीतिगत भ्रष्ट कामहरु सुरु भयो।

२०११ सालमा पहिलो जनताका प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले भारत सरकारको इच्छामा कौडीको मूल्यमा कोसी बेच्ने काम भयो। नेपालको इतिहासमा यो पहिलो भ्रष्ट र असमान सम्झौता थियो।

यहीँबाट नीतिगत भ्रष्टाचारको सुरुवात भयो। त्यसपछि भारत सरकारको लहलहैमा लागेर भ्रष्टाचार हरेक प्रधानमन्त्री र मन्त्रिपरिषद्बाट आर्थिक अपचलन हुने तथा राजनैतिक पराधीन हुने कुराहरुको निर्णय हुन थालेपछि देशमा विसंगतिले झाँगिने मौका पायो।

त्यतिमात्रै होइन, हरेक विषयमा भारतलाई खुशी बनाउने प्रयास हुन थालेपछि २०१५ सालको जननिर्बाचित बिपी कोइरालाको सरकारलाई समेत राजा महेन्द्रले २०१७ सालमा अपदस्त गरी देशमा पञ्चायती व्यवस्थाको सुरुवात गरे।

उनको दश वर्षको शासन कालमा देशले नसोचेको बिकास र सम्मृद्धि पाउन सफल भयो। त्यस ताका राजा भ्रष्टाचार गर्दैन थिए। बरु, कहाँ भ्रष्टाचार भएको छ भनेर नियल्न छद्म भेषमा देश दौडाहामा बेला बेलामा निस्किन्थे।

देशमा भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचार होला भनेर अलि कडा शासन र बिदेशी चिढिन्छन् कि भनेर पञ्चशील सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीति अबलम्बन गरि शासन गर्दथे। वाास्तबमा उनी देशका राजनेता कै रुपमा गनिन्थे र आज पनि गनिन्छन्।

त्यसताका राजा र नेताहरु भ्रष्ट, अत्याचारी र मनपरी गर्ने नैतिकता हराएका भने थिएनन्। यसरी २०४६ सालसम्म नेपालमा सुशासनको अनुभूति जनताले गर्न पाएका थिए।

अलि अलि नीति र थितिमा खलल् आए तापनि अन्य रिति थिति सबै विषयमा अहिलेको जसरी भ्रष्टाचार गर्ने हिम्मत कर्मचारी र राजनीतिज्ञले गदैन थिए। मानिस धेरै बिदेश नजाने भएपछि बिदेशी मुद्रा बचत थियो।

राष्ट्रिय आम्दानी अन्तर्गत हुन आउने कुल ग्राहस्थ उत्पादन, कुल राष्ट्रिय उत्पादन, मानव विकास सूची, पब्लिक उपभोग र लगानी जस्ता आर्थिक परिसूचकहरु सन्तोषजनक रुपमा रहेको थियो। कुनै पनि कुरा ऋणात्मक रुपमा रहेको थिएन। फजुल खर्चहरु थिएन।

नेताहरु भ्रष्टाचारी र कर्मचारी यति विघ्न घुस्याहा थिएनन्। व्यापारीहरु त्यति ठगाहा थिएनन्। तर जब २०४७ सालको संविधान निर्माणपछि २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि नेपालमा भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, अन्याय, अत्याचार, बेथिति र माफियातन्त्रको प्रारम्भ भयो। पार्टीमा अन्तर्घात, जालझेल सुरुभएर झाँगिन थाल्यो।

विद्यार्थीलाई राजनीति गर्ने अधिकार दिइयो। कर्मचारीमा फाटो उत्पन्न गराई कार्यालय भित्र नै संगठनको निर्माण हुन पुग्यो, जसले गर्दा सारा कार्यालयमा घेराउ गर्ने र बन्दसमेत गर्ने शृंखला बढ्दै गयो।

माओवादीको जनयुद्ध, २०५८ सालको अकल्पनीय दरबार हत्याकाण्डले देशमा मच्चाएको लुटतन्त्र र त्यसै बेला नेताहरुमा हराउँदै आएको नैतिकता, देशप्रतिको माया र बढ्दै गएको लोभ, स्वार्थीपना, अहमता र भ्रष्टिकरणले देश आक्रान्त बन्न पुग्यो।

नेताहरु भ्रष्ट भएपछि बिस्तारै तल तल सर्दै सबैले नियम छलछाम लुकीछिपी देशलाई आर्थिक रुपमा र राजनीतिक रुपमा दोहन गर्न थाले। देशमा संबिधान बनाउने भनेर ६ महिनामा सकिने कुरा ४ वर्ष लगाई अरबौं रुपैयाँको आर्थिक बिचलन भयो।

त्यसबीचमा सबै देशका नदीनाला भारतलाई बेची सकेका थिए। अन्य कति आर्थिक घोटाला भयो त्यो माहालेखा परीक्षकको प्रतिबेदनमा प्रष्ट छ। त्यसमा पनि खुल्न नसक्ने अन्य आर्थिक अपचलन अझ झन् कति हो कति। पञ्चायतको पालामा २१ अरबको राष्ट्रिय ऋण बोकेको देशले आज २३ खरब ऋण बोकेर धोती न टोपी बनेको छ।

उद्योग कलकारखाना सबै आर्थिक उदारिकरणको नाममा कौडीको मूल्यमा बेची सबै वस्तु पातका दुना टपरी, धागोका जनै समेत आयात गरी देशका सम्पूर्ण नेताहरु आज आआफूले गरेका आर्थिक र नीतिगत भ्रष्टाचारलाई अनेक तरिकाबाट लुकाई छिपाई सोझा जनताहरुलाई गुमराहमा पारी देशको बाहक नभई जनता र राष्ट्रको बाधक बनी देशलाई झन् झन् अस्थिर, भ्रष्टिकरण, अत्याचार, अन्याय र काण्डै काण्डको दल दलमा फसाई देशलाई झन्डै असफल राष्ट्रको सूचीमा पार्ने काममा २०४७ सालपछि देशमा प्रधानमन्त्री भएका सबै नेता जिम्मेवार छन् भन्दा दुईमत नहोला।

नेताहरु अझै पनि हामी नै नेपालको बिकास गर्छौं भनी घरी बालुवाटार, घरी बालकोट, घरी बुढानिलकण्ठ र घरी खुमलटार दौडिइरहेका छन्। अब देशका नौजवान, बिदेशमा रहेका नेपाली नौजवान युवा युवती, स्वदेश र बिदेशका देशका चिन्तकले यो निष्कर्ष निकाली सकेको छन् कि यिनीहरुबाट यो देशको उंभो लाग्दैन भनेर।

अब देशको बिसंगतिलाई जरैदेखि उखेलेर फाल्दै देशमा स्थिर सरकार, स्थिर अर्थतन्त्र, आधुनिक प्रविधि, आधुनिक चिकित्सा पद्धति र हरेक क्षेत्रमा सुधार ल्याउन देशको सदनमा नयाँ र नौला होनहार युवा युवती प्रवेश गरिसकेका छन्। यी सबैको शक्तिबाट कहीं भ्रष्टाचारका नाइकेहरु, माफिया र अस्थिरताका पुजारीको अन्त्य गर्न आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *