रुसको आन्तरिक संरचनामाथि आक्रमण गर्ने युक्रेनको मनसाय छैन : जेलेन्स्की
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी लक्ष्यमा आक्रमण गर्ने आफ्नो मनसाय नभएको बताएका छन् । उनले जर्मनीमा यस्तो बयान दिएका हुन् ।
रुसले युक्रेनले आफ्नो आन्तरिक लक्ष्यमा लगातार आक्रमण गरिरहेको आरोप लगाएको छ । रुसले गत हप्ता क्रेमलिनमा ड्रोन आक्रमण गरेको आरोप लगाएको थियो।
जर्मन चान्सलर ओलाफ स्कोल्ट्जसँगको कुराकानीमा जेलेन्स्कीले भने, “युक्रेनले रुसी भूमिमा आक्रमण गर्ने छैन। हामी हाम्रो भूमिलाई अवैध कब्जाबाट मुक्त गर्न प्रतिशोधात्मक आक्रमणको तयारीमा मात्रै छौं।”
ओलाफ स्कोल्ट्जले भने, “जर्मनीले युक्रेनलाई आवश्यक भएसम्म मद्दत गर्नेछ।”
जर्मनीले युक्रेनलाई २.७ बिलियन युरोको नयाँ हतियार दिने वाचा गरेको छ । यसमा जर्मनीको अत्याधुनिक लेपर्ड ट्याङ्क र थप विमान विरोधी ट्याङ्कहरू समावेश छन्।
गत वर्ष युद्ध सुरु भएयता युक्रेनमा हतियारको यो सबैभन्दा ठूलो ढुवानी हुने जेलेन्स्कीले बताए ।
सुरुमा जर्मनीले युक्रेनलाई हतियार र अन्य उपकरण दिन हिचकिचाएको थियो। तर अहिले उसले युक्रेनलाई पहिलेको भन्दा दोब्बर सहयोग गरिरहेको छ ।
रुसले युक्रेनले आफ्नो भित्र रहेको लक्ष्यमा लगातार आक्रमण गरिरहेको आरोप लगाएको छ । रुसले गत हप्ता क्रेमलिनमा ड्रोन आक्रमण गरेको आरोप लगाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment