आरजू देउवाको आत्मविश्वासको पछाडिको रहस्य के हो?

डिसी नेपाल
२ जेठ २०८० ७:१०

काठमाडौं। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको पर्दाफास भएसँगै धेरै हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप, पूर्वगृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक लगायत केही हाइप्रोफाइलहरु फरार छन्।

यो प्रकरणमा लहरो तान्दा पहरो थर्किएको छ। अहिलेसम्म संलग्नता पुष्टि नभए पनि यस प्रकरणमा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला प्रमुख आयुक्त तथा तत्कालीन गृह सचिव प्रेमबहादुर राई लगायतको नाम पनि यो प्रकरणमा तानिएको छ।

तर, यो सबै प्रकरणमा आरजू राणा देउवाको आत्मविश्वासको स्तर निकै आश्चर्यजनक देखिएको छ। यो प्रकरणमा आफ्नो नाम तानिएपछि आरजुको बोली चर्को भएको छ। पछिल्लो समय प्रतिनिधि सभा बैठकमा उनले समय लिएरै यो विषयमा चर्को कुरा गर्न थालेकी छिन्। यसबाहेक पहिले मिडियामा बोल्न धेरै चासो नदिने उनले पछिल्लो समय विभिन्न मिडियालाई अन्तवार्ता दिने क्रमलाई बढाएकी छिन्।

ती अन्तरर्वार्तामा उनले आफूले कत्ति पनि भ्रष्ठाचार नभएको दावी गर्दै आरोपलाई प्रमाणित गर्न चुनौती दिएकी छिन्। यस्तोमा उनको आत्मविश्वासको पछाडिको कारण के हो भन्ने कुरामा धेरैको चासो बढेको छ।

आरजुको शैलीलाई पहिलेदेखि नै बुझेकाहरु भन्छन्-उनको आत्मविश्वासको पछाडिको प्रमुख कारण श्रीमान शेरबहादुर देउवाले आफूलाई जसरी पनि बचाउँछन् भन्ने आरजुको बुझाइ हो। आफूलाई बचाउन देउवा जुनसुकै हदसम्म जान सक्छन् भन्ने आरजुलाई लाग्छ।

आरजुको शैलीलाई पहिलेदेखि नै बुझेकाहरु भन्छन्-उनको आत्मविश्वासको पछाडिको प्रमुख कारण श्रीमान शेरबहादुर देउवाले आफूलाई जसरी पनि बचाउँछन् भन्ने आरजुको बुझाइ हो। आफूलाई बचाउन देउवा जुनसुकै हदसम्म जान सक्छन् भन्ने आरजुलाई लाग्छ।

उनको बुझाइमा आफू यो प्रकरणमा तानिए यो सरकार नै टिक्न सक्दैन। सरकार ढलेको अवस्थामा आफू अनुकूलको सरकार बन्छ र आफू जोगिन्छु भन्ने उनीमा विश्वास छ।

अहिलेको सरकार कांग्रेसकै बलियो समर्थनमा अडिएको छ। यदि यो प्रकरणमा आरजु पनि तानिने हो भने कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा अहिलेको सरकार ढल्छ। र, आरजुले सम्भवतः आफू मुछिएको अवस्थामा त्यही रणनीति अपनाउने तयारी गरेकी छिन्।

आफू मुछिएको अवस्थामा पति शेरबहादुरलाई दबाब दिएर समर्थन फिर्ता लिन लगाउने वा समर्थन फिर्ता लिने धम्की दिएर अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीलाई तर्साएर पछि हट्न लगाउने रणनीतिमा आरजु छिन्।

कांग्रेसले समर्थन फिर्ता लिएको अवस्थामा यो सरकार टिक्न निकै कठिन छ। नक्कली शरणार्थी प्रकरणमा एमालेका सचिव पनि तानिएको र उपाध्यक्ष समेत तानिने जोखिममा रहेको अवस्थामा एमालेले समर्थन दिएर यो सरकार टिकाइदिने सम्भावना न्यून देखिन्छ।

यस्तो अवस्थामा यो सरकार ढल्ने जोखिम उच्च हुन्छ। त्यसपछि बन्ने सरकार सम्भवतः कांग्रेसकै नेतृत्वमा बन्ने र त्यो ‘आफ्नो’ सरकारले आफूलाई बचाउने कुरामा आरजु विश्वस्त रहेको स्रोत बताउँछ।

यसबाहेक बोल्ने कुरामा सही र गलतको ख्याल नगरी बोलिदिने प्रवृत्ति पनि आरजूमा छ। यही प्रवृत्ति हामी भएको आक्रोशको अवस्थामा उनी यसरी बोलेको हुन सक्ने पनि केहीले अनुमान गर्छन्। आरजू बढी बोलेर विवादमा आएका घटना पहिले पनि भएका छन्।

कहिले कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौं भन्ने, कहिले हेलिकप्टर चढेर आउन सक्ने उम्मेदवारलाई भोट दिनुस् भन्ने त कहिले फ्रि भिसा फ्रि टिकटमा युवाहरुलाई मलेसिया पठाइदिन्छु भन्ने अभिव्यक्तिका कारण उनी यसअघि पनि धेरै पटक विवादमा परिसकेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *