केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने
नैरोबी। केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन्।
आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी हनुसार मन्डेरा काउन्टीका सीमानाहरू आगामी ३० दिन भित्र खोलिनेछ। त्यसैगरी गारिसा काउन्टीको लिबोई र दक्षिणी सोमालियाको रास कम्बोनी अर्को ६० दिनभित्र खोलिनेछ । त्यसैगरी अन्य नाकाहरी पनि क्रमशः खोलिनेछ।
सोमालियाका आन्तरिक सुरक्षा मन्त्री मोहम्मद अहमद शेख अलीसँग द्विपक्षीय वार्ता गरेपछि किन्डिकीले भनेका छन्- “हामी सोमालियामा प्रवेश गर्ने अर्को सीमाना खोल्ने सम्भावनालाई पनि पुनर्विचार गर्ने प्रक्रियामा छौं।”
केन्याले सन् २०१२ मा अल-शबाब आतंकवादी समूहबाट बढेको आतंककारी हमलापछि सोमालियासँगको आफ्नो सीमा बन्द गरेको थियो। जनताको आवतजावतलाई सहज बनाउन र वस्तु तथा सेवाको व्यापार बढाउन दुवै देशबीच साझा सीमा पुनः खोल्ने सहमति भएको अलीले बताएका छन्। साझा सिमानाका आसपासका समुदायले भोग्नुपरेको चुनौती एउटै देशले सम्बोधन गर्न नसक्ने गरी जटिल रहेको पनि उनले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment