नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कांग्रेसको पूर्ण सहयोग रहने {भिडियो}

डिसी नेपाल
२ जेठ २०८० १३:४६

काठमाडौं। नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीको पूर्ण सहयोग स्पष्ट पारेको छ । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंगको छलफलका क्रममा प्रवक्ता डा. प्रकाश शरण महतले शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष हुनुपर्ने भन्दै यसमा पार्टीको पूर्ण सहयोग हुने बताएका हुन् । निर्दोष दोषी हुने अवस्था र दोषी निर्दोष हुने अवस्था आउन नदिन सरकार सजक हुनुपर्ने उनको भनाइ छ ।

उनले पार्टीका नेता बालकृष्ण खाँणमाथि पनि अनुसन्धान जारी रहेको र कांग्रेस निष्कर्षको पर्खाइमा रहेको जिकिर गरे । खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको उनको भनाइ छ । महतले आरजु राणाको नाममा आएको अडियो झूठो हुनसक्ने भन्दै यस बिषयमा सत्य तथ्य छिटो बाहिर आउनुपर्ने धारणा राखे । नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका बिषयमा पार्टीभित्र कुनै मतभेद नभएको भन्दै महतले राज्यले गर्ने अनुसन्धान र निष्कर्षलाई स्वीकार गर्ने उल्लेख गरे।

त्यस्तै महतले पार्टीको केन्द्रीय समिति बैठक बस्न ढिलाई भएको स्वीकार गर्दै केहिदिनपछि बैठक बसेर भातृसंगठनदेखि बिभाग लगाएतका बिषयमा आवश्यक निर्णय गर्ने बताएका छन्।

हेनुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *