बाराका ओबामालगायतलाई रुसमा प्रतिबन्ध

डिसी नेपाल
६ जेठ २०८० १६:५०
108
Shares

मस्को ।  रुसले संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, टेलिभिजन होस्ट स्टीफन कोल्बर्ट र सीएनएनका एरिन बर्नेटलगायत ५०० अमेरिकीहरुलाई रसिया प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।

रुसले शुक्रबार गरेको घोषणा गरे अनुुसार जो बाइडेन प्रशासनले लगाएको नियमित रुस विरोधी प्रतिबन्धको प्रतिक्रियामा ५०० अमेरिकीहरु माथी सो प्रतिबन्ध लगाईएको हो । ‘अमेरिकका  कार्यकारी शक्तिका धेरै प्रमुख व्यक्तित्वहरूलाई देश प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, रुसी  बिदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ ।

सिएनएनका अनुसार सो प्रतिबन्धको सूचीमा पुर्व राष्ट्रपति बाराका ओबामा, पूर्व अमेरिकी राजदूत जोन हन्ट्सम्यान, धेरैजसो अमेरिकी सिनेटरहरू, चार्ल्स क्यू ब्राउन जुनियरलगायत समावेश रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *