एल साल्भाडोरको रंगशालामा भागदौड, ९ जनाको मृत्यु
सान साल्भाडोर। मध्य अमेरिकी राज्य एल साल्भाडोरको रंगशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। समर्थकहरू रंगशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ।
प्रहरीका अनुसार कुस्काटलाना रंगशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा रंगशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन्। अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment