आज राजीव गान्धीको पुण्यतिथि, राहुलले भने, ‘पापा, तपाईं मेरो साथमै हुनुहुन्छ’
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको पुण्यतिथिमा सोनिया गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले वीर भूमि पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसपछि राहुल गान्धी र प्रियंका गान्धीले पनि वीर भूमि पुगेर राजीव गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राजीव गान्धीलाई सम्झँदै राहुल गान्धीले ट्वीटरमा लेखेका छन्, “पापा, तपाईं मेरो साथमा प्रेरणाको रूपमा, सम्झनाहरूमा सधैं रहनुहुन्छ!”
राजीव गान्धीको २१ मे, १९९१ को रात १०.२१ बजे तमिलनाडुको श्रीपेरुम्बुदुरमा आत्मघाती हमलामा हत्या भएको थियो।
गत वर्ष सर्वोच्च अदालतले राजीव गान्धी हत्याकाण्डमा आजीवन काराबास काटिरहेका ६ जना कैदीलाई रिहा गरेको थियो ।
सर्वोच्च अदालतले नलिनी र आरपी रविचन्द्रनलगायत सबै दोषीलाई रिहा गर्न आदेश दिएको थियो ।
अदालतको आदेशको एक घण्टाभित्रै जन्मकैदको सजाय भोगिरहेका सबै दोषी रिहा भएका छन् ।
मे १८ मा, अदालतले पेरारिवलनलाई संविधानको धारा १४२ मा दिइएको असाधारण अधिकार उल्लेख गर्दै रिहा गरेको थियो।
पेरारिवलनले राजीव गान्धी हत्याकाण्डमा ३० वर्ष आजीवन कारावासको सजाय भोगेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment