जेलेन्स्कीसँग भेट नभएकोमा ब्राजिलियाली राष्ट्रपति लुला दुःखी
हिरोसिमा। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले आफू र भोलोदिमिर जेलेन्स्कीबीच आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनमा भेट हुन नसकेकामा आफू ‘दुःखी’ भएको बताएका छन्।
हिरोशिमामा भएको शिखर सम्मेलनबाट नयाँ कूटनीतिक समर्थन र थप सैन्य सहायताको प्रतिबद्धताका पाएका जेलेन्स्कीले लुलासँग एक्लाएक्लै भेटको माग गरेका थिए।
दुवै नेताले समय तालिकाको विवादले उनीहरूलाई बैठक गर्नबाट रोकेको बताएका छन्। जेलेन्स्कीले आफ्नो व्यस्थताले ब्राजिलियाली समकक्षीलाई ‘निराश’ बनाएको हुन सक्ने स्वीकारेका छन्।
“म निराश थिइनँ तर दुःखी छु किनभने म उहाँलाई भेट्न र यस विषयमा छलफल गर्न चाहन्थेँ।” लुलाले भने, “जेलेन्स्की एक वयस्क व्यक्ति हुनुहुन्छ। उहाँलाई थाहा छ कि उहाँले के गर्नुभयो।”
लुलाका अनुसार उनको टोलीले आइतबार दिउँसो जेलेन्स्कीसँग बैठक गर्ने कार्यक्रम तय गरेको छ। लुलाले थपे, “युक्रेनी नेता ढिलो आइपुग्नुभएको र त्यसपछिको लागि उहाँको अरू नै कार्यक्रम तय थियो।”
शिखर सम्मेलनमा जेलेन्स्कीलाई जी–सेभेनका नेताहरूको ठूलो समर्थन प्राप्त भएको थियो, जसमा लामो समयदेखि अमेरिकाले सहयोग गर्ने भनेको एफ–१६ लडाकु विमानको पहुँचका लागि घोषणा पनि भएको थियो भने अन्य सहयोगी मुलुकबाट पनि लामो दूरीमा हान्न मिल्ने हतियारका लागि प्रतिवद्धता आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment