चर्च ब्वाइजले हिमालयनसँग अंक बाड्यो, आर्मीले फ्रेण्ड्सलाई हरायो

डिसी नेपाल
८ जेठ २०८० १८:०२

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ ।

ललितपुरस्थीत च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजले हिमालयनसंग १–१ को बराबरी खेलेको हो । खेलको १३ औं मिनेटमा अन्जन विष्टको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । तर ३६ औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

त्यस्तै सोमबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लवलाई ३–० गोल अन्तरले पराजित गर्यो । आर्मीका लागि जगजित श्रेष्ठले खेलको २६ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै नवयुग श्रेष्ठले खेलको ७५ र सुदिल राईले इन्जुरी टाइममा गोल गरेका थिए । जितसंगै आर्मी २९ अंक जोड्न सफल भएको छ भने फ्रेण्ड्सको २१ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *