अभिनेता आदित्य सिंह राजपुतको निधन, प्रहरीले अनुसन्धान गर्दै

डिसी नेपाल
९ जेठ २०८० ११:११
37.5k
Shares

काठमाडौं । अभिनेता आदित्य सिंह राजपुतको निधन भएको छ । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आदित्य सिंह राजपूतको शव मुम्बईको अंधेरीस्थित अपार्टमेन्टमा भेटिएको मुम्बई प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण पोष्टमार्टमपछि थाहा हुनेछ ।

मिडिया रिपोर्टका अनुसार भवनको चौकीदारले आदित्य सिंह राजपुतलाई अस्पताल पुर्याए जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

आदित्य आफ्नो नोकरसँग लोखंडवाला अंधेरीमा बस्थे। उनी विगत केही दिनदेखि ग्यास्ट्रिकको समस्याबाट पीडित रहेको नजिकका आफन्तले बताएका छन् ।

९ अगस्ट १९९० मा उत्तराखण्डमा जन्मेका आदित्य सिंह राजपूतले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए । पछि उनले चलचित्र र टिभी कार्यक्रममा पनि काम गरे ।

उनले ‘स्प्लिट्सभिला’बाट चर्चा पाए । उनी कास्टिङ डायरेक्टर पनि थिए । आदित्य सिंह राजपुतले सानैदेखि काम गर्न थालेका थिए । उनी टिभी विज्ञापन, टिभि सिरियल र चलचित्रमा स–साना भूमिका खेल्थे ।

सन् २००८ मा उनले अजय देवगन र काजोलको फिल्म ‘यू मी और हम’ मा पनि काम गरे । टिभीमा ‘प्यार तुने क्या किया’, ‘ये है आशिकी’ र ‘स्प्लिट्सभिला’ समावेश छन्।

उनले आफ्नो सेलिब्रेटी डिजाइनिङ कपडा लाइन ‘पप कल्चर’ पनि सुरु गरे। उनको परिवार आमा र बहिनी मिलेर बनेको छ। उनका बुवा नरेन्द्र सिंहको निधन भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *