इमरान खानलाई आज फेरि पक्राउ पर्ने डर, समर्थकलाई शान्त रहन आग्रह
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खान अल-कादिर ट्रस्टको अनुसन्धानका लागि आज इस्लामावादमा एनएबी समक्ष उपस्थित हुने भएका छन् । उनी लाहोरबाट श्रीमती बुशरा बीबीसँग प्रस्थान गरेका छन् ।
यस मामिलामा इमरान खान फेरि पक्राउ पर्ने आशंका छ । इमरान खानले आफ्ना समर्थकहरूलाई पक्राउ परेमा शान्ति कायम राख्न आग्रह गरेका छन् । बीबीसी संवाददाता तारब असगरका अनुसार इमरान खानसँग पार्टीका कुनै नेता वा कार्यकर्ता छैनन्।
हिजो इमरान खानले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफू र आफ्नी श्रीमतीलाई इस्लामाबादमा गिरफ्तार हुने डर लागेको बताएका थिए । यसैबीच, इमरानले अदियाला जेल बाहिर पार्टी नेतृ शिरीन मजारीको पुन: गिरफ्तारीको निन्दा गरे।
ट्विट गर्दै उनले भनेका छन्, ‘यो सुशासन तलतिर गइरहेको छ । उनको स्वास्थ्य अवस्था नाजुक रहेको र अदालतले धरौटीमा रिहा भए पनि उनी फेरि पक्राउ परेका हुन् । यो उनको हिम्मत तोड्ने प्रयास हो।’
उनले लेखेका छन्, “शिरिन मजारी टुट्ने छैन किनभने उनी मेरो जीवनमा भेटेको सबैभन्दा साहसी व्यक्ति हुन्।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment