पाकिस्तानमा बबाल मच्चाउने ब्युटी क्विन, सेनामाथि आक्रमणकी मुख्य योजनाकार गिरफ्तार

डिसी नेपाल
१० जेठ २०८० १६:३३

काठमाडौं । पाकिस्तानकी चर्चित फेसन डिजाइनर खादिजा शाह यतिबेला चर्चामा छिन् । पाकिस्तानको पञ्जाब प्रान्तको प्रहरीले खादिजा शाहलाई पक्राउ गरेको छ । मे ९ को हिंसामा लाहोरको कोर्प्स कमाण्डर हाउस (जिन्ना हाउस) मा भएको हमलामा उनी मुख्य अभियुक्त मानिन्छिन्।

जियो न्यूजका अनुसार खादिजा शाहलाई पक्राउ गरिएको छ । यसअघि खादिजाले आफू प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएकी थिइन् । तर शाहले त्यसो गरिनन् । खादिजाका श्रीमान् र परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरिएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अल कादिर ट्रस्ट मुद्दामा मे ९ मा पक्राउ गरिएको थियो । यसपछि पीटीआईका समर्थकहरूले देशभर विरोध प्रदर्शन गरेका थिए । यस अवधिमा देशभर हिंसा भड्कियो ।

केही मानिसहरूले लाहोरको जिन्ना हाउस र अन्य सैन्य कार्यालयहरूलाई पनि निशाना बनाए। पाकिस्तानी सेनाले खादिजा शाहलाई जिन्ना हाउसमा भएको आक्रमणको मास्टर माइन्ड बताएको थियो।

यस हिंसापछि पञ्जाब प्रान्तका अन्तरिम मुख्यमन्त्री मोहसिन नक्वीले मे ९ मा सैन्य प्रतिष्ठानमा भएको आक्रमणमा संलग्न महिलालाई हर हालतमा पक्राउ गरिने बताएका थिए। केही दिनपछि सामाजिक सञ्जालमा खादिजा शाहको अडियो पनि भाइरल भयो ।

यस भिडियोमा शाहले पछिल्लो केही दिनमा आफ्नो परिवारले कति कठिनाइको सामना गर्नुपरेको बताएकी छिन् । उनले आफू पीटीआई समर्थक भएको र लाहोर कोर्प्स कमाण्डर हाउस बाहिर विरोध प्रदर्शनमा भाग लिएको बताएकी थिइन् तर मानिसहरूलाई हिंसामा उक्साउने लगायत कुनै पनि गलत कार्यमा संलग्न नभएको बताएकी थिइन्।

खादिजा शाह डिजाइनर हुन् । उनी इमरानको पार्टी पीटीआईकी समर्थक हुन् । यति मात्र होइन, उनी पाकिस्तानका पूर्व सेना प्रमुख ख्वाजा आसिफ जञ्जुआकी नातिनी हुन् । खदिजा सलमान शाहकी छोरी हुन् । उनी पूर्व राष्ट्रपति परवेज मुशर्रफको वित्तीय टोलीकी सदस्य थिइन् र उस्मान बुजदारको सरकारमा पञ्जाब सरकारको सल्लाहकारको रूपमा पनि काम गरेकी थिइन्।

खदिजा शाहले आइतबार अडियो सार्वजनिक गर्दै आफ्नो गल्ती स्वीकार गर्दै प्रहरीसमक्ष आत्मसमर्पण गर्न लागेको बताएकी थिइन् । शाहले आफुले आक्रोश र भावनामा सैन्य नेतृत्व विरुद्ध गलत ट्विट गरेको स्वीकार गरेकी थिइन् तर अहिले ती ट्वीटहरु डिलिट भएका छन् ।

उनले भनेकी थिइन् कि पछिल्लो ५ दिन मेरा लागि निकै कठिन भएको छ । मध्यरातमा प्रशासन घरभित्र पसेर बुवा र श्रीमान् अपहरणमा परेको उनको दाबी छ । उनले भनिन् ‍- उनीहरूले हाम्रा छोराछोरीको अगाडि मेरो श्रीमान्लाई कुटपिट गरे। मेरा घरेलु नोकरहरूलाई पनि यातना दिइयो।

खादिजाले आफूले संविधानको कुनै पनि नियम उल्लंघन नगरेको दाबी गरिन् । तर, गत वर्ष उनले पीटीआईका धेरै विरोध प्रदर्शनमा भाग लिएकी थिइन् । उनले आफुसँग दोहोरो नागरिकता रहेको र दूतावासबाट सहयोग लिन खोजेको समेत खुलासा गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *