कान्ये वेस्टविरुद्ध दुई मिलियन डलरको मुद्दा दर्ता

डिसी नेपाल
११ जेठ २०८० ८:३२
120
Shares

लसएन्जल्स। अमेरिकी र्यापर कान्ये वेस्ट र ग्याप व्याण्डबीच कानूनी लडाइँ शुरु भएको छ। व्याण्डले कान्येविरुद्ध दुई मिलियन डलरको लो सूट फाइल गरेको छ। व्याण्डले कान्येसँगको सहकार्य असफल भएको दाबी गरेको छ।

यो मामलामा एकअर्काबीच आरोप प्रत्यारोप जारी छ। यो विषय एक रेन्टल प्रोपर्टीसँग जोडिएको छ। अदालतमा पेश भएको कागजात अनुसार कान्येले प्रोपर्टीमा कैयौं अनाधृकित परिवर्तन गरेका छन्। ग्यापले आफ्नो अनुमति बिना कान्ये परिवर्तन गरेको आरोप लगाएको छ। जसकारण दुवै पक्षबीच भएको सम्झौता तोडिएको छ।

ग्यापले कान्येमाथि कैयौं अन्य आरोप पनि लगाएको छ। कान्येको एकल निर्णयले २ मिलियन डलर क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति मागिएको छ। यो विषयमा कान्येको कुनै प्रतिक्रिया आएको छैन।

ग्यापले यसअघि नै कान्येसँगको आफ्नो साझेदारी तोडिसकेको थियो। यो ल सूटले अहिले कान्येलाई समस्यामा पार्ने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *