पाकिस्तानको रक्षा मन्त्रालयले भन्यो– इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्छ

डिसी नेपाल
११ जेठ २०८० १२:४१
32
Shares

काठमाडौं । पाकिस्तानको रक्षा मन्त्रालयले सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफलाई प्रतिबन्ध लगाउने विचार गरिरहेको जनाएको छ।

पीटीआईले देशको जगमा आक्रमण गरेको आरोप लगाउँदै ख्वाजा आसिफले यो सहन नसकिने बताए।

सोही महिनामा इमरान खानको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन भएको थियो, धेरै सेनाको बेसमा तोडफोड भएको थियो। धेरै समर्थक र पार्टीका धेरै नेताहरु पक्राउ परेका छन् ।

हिंसाबारे इमरान खानबाट कुनै प्रतिक्रिया आएको छैन र उनले स्वतन्त्र छानबिनको माग गरेका छन्। यसपछि इमरान खानको पार्टीका धेरै नेताहरूले पार्टी छोड्ने घोषणा गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *