प्रसिद्ध शायर मुनव्वर राणाको अवस्था गम्भीर, अस्पताल भर्ना

डिसी नेपाल
११ जेठ २०८० १३:२३

काठमाडौं । प्रसिद्ध शायर मुनव्वर राणाको स्वास्थ्य बिग्रिएको छ । राणालाई लखनउको एपोलो अस्पतालमा भर्ना गरिएको छ । मुनव्वर राणा लामो समयदेखि बिरामी थिए र उनको डायलासिस जारी छ ।

मुनवर राणाकी छोरी सुरैया राणाले बीबीसी हिन्दीलाई भनिन्, “अब्बाको पित्त थैलीको शल्यक्रिया भएको थियो। दुखाइ अत्याधिक हुँदा सीटी स्क्यान गर्दा पेटमा पिसाब थैली फुटेको र संक्रमण बढेको पाइयो ।’ मुनव्वर अहिले आईसीयूमा भेन्टिलेटरमा छन् ।

सुरैयाले भनिन्, ‘मङ्गलबार डाक्टरले आगामी तीन दिन महत्वपूर्ण रहेको बताएका थिए । बुधबार चारदेखि पाँच घण्टासम्म भेन्टिलेटरबाट निकालिएको थियो । बिहीबार डाक्टरले बताउनुहुन्छ उहाँको स्वास्थ्य अहिले कस्तो छ ?’

विगतमा मुनव्वर राणा आफ्नो अभिव्यक्तिका कारण चर्चामा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *