शिरीन मजारी, फयाज चौहानपछि अब फवाद चौधरीले इमरान खानको पार्टी छोडे

डिसी नेपाल
११ जेठ २०८० १५:००

काठमाडौं । पाकिस्तान तहरीक–ए–इन्साफका वरिष्ठ नेता फवाद चौधरीले बुधबार पार्टीबाट राजीनामाको घोषणा गरेका छन् ।

उनले मे ९ मा भएको हिंसाको आफुले भत्र्सना गरिसकेको बताए । अब उनले केही दिन राजनीतिबाट ब्रेक लिने निर्णय गरेकाले पार्टीको पदबाट राजीनामा दिएका हुन् ।

पछिल्ला केही दिनयता इमरान खानको पार्टीका धेरै नेताहरुले राजीनामा दिएका छन् । मंगलबार फयाज चौहान र शिरीन मजारीले राजीनामा दिएका थिए ।

चौहानले मे ९ मा सेनाको आधारमा भएको हिंसामा तहरीक-ए-इन्साफको हात रहेको बताए। उनका अनुसार कुनै पनि नेताले इमरान खानलाई आन्दोलनमा शान्ति कायम राख्न सल्लाह दिएका थिएनन् ।

चौहानले फवाद चौधरी, शाहबाज गुल, आलिया हमजा, मुराद सईद, शिरीन मजारी जस्ता व्यक्तिहरूले उल्टो सल्लाह दिएको दाबी गरे।

शिरीन मजारीले पनि पत्रकार सम्मेलनमा ९ र १० मेमा भएको हिंसाको आफु निन्दा गर्छु भनिन् ।

उनले सेना मुख्यालय र सर्वोच्च अदालतमा भएको आक्रमण निन्दनीय रहेको बताइन् । योसँगै उनले सक्रिय राजनीतिबाट टाढा रहने घोषणा गरिन् ।

उनले भनिन्, ‘मेरा सन्तान, मेरी आमा र मेरो स्वास्थ्य मेरो प्राथमिकता हो ।

मङ्गलबार पञ्जाब प्रहरीले पार्टीका उपाध्यक्ष शाह महमूद कुरैशीलाई अडियाला जेलबाट रिहा गरेपछि पुनः गिरफ्तार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *