बंगलादेशका लागि अमेरिकाको नयाँ भिसा नीति घोषणा

डिसी नेपाल
११ जेठ २०८० १५:२३

काठमाडौं । बंगलादेशमा सन् २०२४ मा आम निर्वाचन हुँदैछ। यी चुनावअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बंगलादेशका लागि नयाँ भिसा नीति घोषणा गरेका छन् ।

अमेरिकाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अध्यागमन तथा नागरिकता कानून अन्तर्गत नयाँ भिसा नीति ल्याएको जनाएको छ ।

अमेरिकी विदेशमन्त्रीले भने, “यदि कोहीले प्रजातान्त्रिक रूपमा सम्पन्न निर्वाचनमा बाधा पुर्‍याएको पाइयो भने उसको भिसामा प्रतिबन्ध लगाउन सकिन्छ।”

यसमा बंगलादेश सरकार र विपक्षी दलका नेताहरू, कानुनी संस्थाका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाहरू पनि समावेश हुनेछन्।

अमेरिकाले यो निर्णय यस महिनाको सुरुमा बंगलादेश सरकारलाई अवगत गराएको बताएको छ।

अमेरिकाले चुनावी प्रक्रियामा बाधा पुर्याउने कुरा पनि बताएको छ । जस्तै- भोटको धाँधली, हिंसाको प्रयोग।

अमेरिकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु सबैको दायित्व भएको बताएको छ। चाहे त्यो मतदाता होस् वा राजनीतिक दल । चाहे त्यो सरकार होस् वा सामाजिक संघसंस्था र मिडिया ।

बंगलादेशमा सन् २०२४ को जनवरीमा निर्वाचन हुँदैछ। हाल बंगलादेशकी प्रधानमन्त्री शेख हसिना हुन् र उनी पाँचौं पटक प्रधानमन्त्री बन्ने उद्देश्यले चुनावी मैदानमा उत्रने छिन् ।

शेख हसिनाकै नाममा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने कीर्तिमान पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *