कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत
काठमाडौं । २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्किएका कामिरितालाई शेर्पा समूदाय लगाएत शुभेच्छुकहरुले भव्य स्वागत गरेका हुन् । यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उनले २८ औँ पटक आरोह गर्ने किर्तिमानी कायम गरेका हुन् ।
काठमाडौं आएपनि कामीरिताले आफुले रेकर्ड कायम गर्नका लागि नभएर नेपालमा पर्यटन क्षेत्रलाई प्रोत्साहन होस भनेर सगरमाथा चढेको बताए । उनले विदेशीहरुलाई सफल रुपमा सगरमाथा चढाउन सके नेपाललाई आर्थिक रुपमा पनि फाइदा हुने जिकिर गरे ।
सगरमाथा क्षेत्रमा काम गर्ने आफुजस्ता धेरैलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ । कामीरिताले आफ्नो ज्यानले भ्याएसम्म अर्को साल पनि सगरमाथाको आरोहण गर्ने उल्लेख गरे ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान पनि छ ।







डिसी नेपाल







Facebook Comment