जुनमा अमेरिकी रक्षामन्त्रीको भारत भ्रमण, मोदीको अमेरिका भ्रमणभन्दा अघि आउनुको उद्देश्य के हो ?

डिसी नेपाल
१३ जेठ २०८० १०:०३

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जुन महिनामा भारतको भ्रमण गर्नेछन् । अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अस्टिनले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटघाट गर्ने बताइएको छ ।

अस्टिनको यो भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको जुनको अन्त्यमा हुने अमेरिका भ्रमण अघि हुनेछ।

समाचार एजेन्सी पीटीआईले अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भारत भ्रमणका क्रममा अस्टिनले रक्षामन्त्री राजनाथ सिंह र अन्य महत्वपूर्ण नेताहरूसँग भेट्ने बताएको छ।

आफ्नो सेनालाई आधुनिकीकरण गर्न भारत र अमेरिकाबीचको साझेदारीलाई दृष्टिगत गर्दै यो भ्रमण निकै महत्वपूर्ण छ । अस्टिनले भारतसँगै जापान, सिंगापुर र फ्रान्सको पनि भ्रमण गर्नेछन् । पेन्टागनले भनेको छ, “यो भ्रमणले भारत र अमेरिकाबीच चलिरहेको रक्षा सहयोगले रक्षा उद्योगको बीचमा नवीनता र समन्वयको गतिलाई तीब्र बनाउनेछ।”

अस्टिनले आफ्नो यात्रा जापानबाट सुरु गर्नेछन्। इन्डो-प्यासिफिक क्षेत्रको यो उनको सातौं भ्रमण हुनेछ। टोकियोमा उनले जापानी रक्षामन्त्री यासुकासु हामादा र अन्य वरिष्ठ नेताहरूसँग भेट गर्नेछन्। यसबाहेक उनले जापानमा रहेका अमेरिकी सैनिकसँग पनि भेट गर्नेछन् ।

अस्टिनको यो भ्रमण यस्तो समयमा हुन लागेको हो जब दुवै देशले आफ्नो सेनाको आधुनिकीकरणका लागि ठूलो कदम चालिरहेका छन् । यस वर्ष जापान र अमेरिकाबीच भएको २+२ बैठकपछि दुई देशबीचको रक्षा सहकार्य थप बढेको छ ।

इन्डो–प्यासिफिकमा अमेरिका र चीनबीच विवाद चर्को भएको छ

इन्डो–प्यासिफिकमा आफ्नो वर्चस्व बढाउने चीनको प्रयासप्रति अमेरिका सतर्क छ । यस क्षेत्रमा चीनको चुनौती सामना गर्न जापान अमेरिका र भारतका लागि महत्वपूर्ण सहयोगी हो ।

भारत, अमेरिका, अष्ट्रेलिया र जापानले यस क्षेत्रमा चीनको कथित आक्रामक मनोवृत्ति विरुद्ध क्वाड गठन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *