युक्रेनको अस्पतालमा रुसको आक्रमण, तीन जनाको मृत्यु

डिसी नेपाल
१३ जेठ २०८० १०:२३
108
Shares

काठमाडौं । पूर्वी युक्रेनको डिनिप्रो सहरको एक अस्पतालमा मिसाइल आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय गभर्नरले जानकारी दिए ।

गभर्नर शेरिल लिस्काले घाइतेमध्ये दुई र ६ वर्षका दुई बालबालिका रहेको बताए । पछिल्लो हप्ता युक्रेन विरुद्ध रुसको आक्रामकता बढेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भवनबाट धुवाँ निस्किएको देखाइएको क्षतिग्रस्त अस्पतालको भिडियो पोस्ट गरे।

उनले भने, “रुसी आतंकवादीहरूले फेरि एक पटक प्रमाणित गरे कि तिनीहरू मानवता विरोधी छन्।”

अहिले पनि उद्धार टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको छ ।

युक्रेनले गएरातिदेखि हालसम्म १७ रुसी मिसाइल र ३१ ड्रोन खसालेको जनाएको छ । रुसको दक्षिणी सहर क्रास्नोडारमा विष्फोट हुँदा एक आवासीय र कार्यालय भवनमा क्षति पुगेको छ। यहाँका गभर्नर भेनियामिन कोन्ड्राटेभले यी विष्फोट दुई युक्रेनी ड्रोनबाट भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *