इमरान खानले भने, ‘उनीहरूलाई थाहा छ म जेलमा रहे पनि मेरो पार्टीले चुनाव जित्नेछ’
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानले सरकारलाई बसेर वार्ता गर्न प्रस्ताव गरेका छन् ।
फ्रान्स २४ लाई दिएको अन्तर्वार्तामा उनले सरकारलाई भने, “मेरो पार्टीलाई घेरा हाल्नुको सट्टा, बसेर कुरा गर्नुहोस् कि म कसरी यो देशको लागि यति ठूलो खतरा भएको छु।”
उनले भने, “मेरो पार्टीका नेताहरूसहित १० हजार कार्यकर्ता पक्राउ परेका छन्। पीटीआईलाई समर्थन गर्ने जोसुकैलाई पनि गिरफ्तार गरिन्छ।”
इमरान खानले भने, “पाकिस्तानको सरकार चुनावबाट डराएको छ। उनीहरूलाई थाहा छ म जेलमा रहे पनि मेरो पार्टीले चुनाव जित्नेछ।”
सामान्य अदालतमा झूटा अभियोगमा सजाय पाउन मुस्किल भएकाले सरकारले सैनिक अदालतबाटै सजाय दिन चाहेको उनले बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment