सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौं। सरकारको आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै भने, ‘‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०\८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको घोषणा गर्दछु ।’’
यसअघि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक जेठ १४ गते दिनको १ बजे बस्ने छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment