रुसको बेल्गोरोड क्षेत्रमा गोलाबारीमा १ जनाको मृत्यु, ३ घाइते

डिसी नेपाल
१४ जेठ २०८० १३:३९
116
Shares

मस्को। युक्रेनी सशस्त्र सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

यस क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार दिएको जानकारी अनुसार “एक व्यक्तिको मृत्यु भएको छ, उनी शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बुझिएको छ।” घाइते हुनेमा दुई किशोर र एक वयस्क रहेको पनि गभर्नरले बताएका छन्।

‘दुई ठूला उद्योगको परिसरमा कैयौं गोला खसेको र आगोलागी भएको थियो। आपतकालीन सेवाहरूले क्षेत्रको निरीक्षण गरिरहेको छ’, गभर्नरले भने। युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *