११ औं पटक राष्ट्रपति चुनाव जितेपछि अर्दोआनले के भने ?

डिसी नेपाल
१५ जेठ २०८० १२:०४

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआन आफ्नो प्रतिद्वन्द्वी कमाल कलचदारलुलाई पछि पार्दै तेस्रो पटक राष्ट्रपति बनेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार कमाल कल्चदारलुले यसलाई ‘सबैभन्दा गलत तरिकाले सम्पन्न निर्वाचन’ भनेका छन् तर नतिजामाथि प्रश्न उठाएका छैनन् ।

आधिकारिक तथ्यांकअनुसार अर्दोआनले ५२.१ प्रतिशत र कल्चदारलुले ४७.९ प्रतिशत मत प्राप्त गरेका छन् । अर्दोआनका लागि यो निर्वाचन निकै कठिन मानिएको थियो किनभने उनी घरेलु स्तरमा धेरै समस्याको सामना गरिरहेका छन् ।

टर्कीमा महंगी गगनचुम्बी छ र यस वर्षको विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रहरूमा जनजीवन पूर्णतया सामान्यमा फर्किएको छैन।

यस्तो अवस्थामा विपक्षी दलहरूले अर्दोआनलाई चुनावमा हराउन सक्ने महसुस गरेका थिए । यही कारणले टर्कीका छवटा दलको गठबन्धनले कमाल कल्चदारलुलाई साझा उम्मेदवार बनाएको छ ।

टर्कीमा पहिलोपटक मे १४ मा निर्वाचन भएको थियो तर कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएकोले दोस्रो चरणको मतदान गर्नुपरेको थियो ।

जितपछि आफ्नो सम्बोधनमा अर्दोआनले सबै विवाद छाडेर राष्ट्रिय मूल्यमान्यता र सपनाका लागि एकजुट हुने वाचा गरे । तर, उनले विपक्षीमाथि हमला गर्दै कल्चदारलुलाई बिना प्रमाण आतंकवादीलाई सहयोग गरेको आरोप लगाए ।

अर्दोआनले भने कि मुद्रास्फीति टर्कीको सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो। आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ६९ वर्षीय अर्दोआनले भने, “आजको विजेता टर्की मात्रै हो। मलाई आगामी पाँच वर्षसम्म देश सञ्चालनको जिम्मेवारी सुम्पने सबैलाई म धन्यवाद दिन्छु।”

समाचार एजेन्सी रोयटर्सका अनुसार अर्दोआनको घरबाहिर जम्मा भएका उनका समर्थकहरूले ‘अल्लाह-हु-अकबर’ नारा लगाइरहेका थिए।

एक समर्थकले रोयटर्सलाई भने, “विश्वका हरेक देशमा समस्याहरू छन्। युरोपेली देशहरूमा पनि… बलियो नेतृत्वले हामी टर्कीको समस्या पनि समाधान गर्नेछौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *