सन्दीप लामिछानेको मुद्दा छिटो निरुपण गर भन्दै युवाहरुकाे माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धकाे बलात्कार मुद्दा छिटो निरुपण गर भन्दै युवाहरुले प्रदर्शन गरेका छन्।
लामिछानेको समर्थनमा बिप्लव खड्का, साेम शर्मा र अर्जुन पाैडेल लगायतका युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्। उनीहरुले सन्दीपको मुद्दा छिटो निरुपण गर, पेशी पेशी भन्दै न्याय ढिला गर्न पाइदैन र ढिलो न्याय गर्नु भनेको न्याय नदिनु हो जस्ता नारा लगाएका छन्।
लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज (मंगलबार) हुँदैछ। जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धकाे बलात्कारको जारी मुद्दाको पेसी मंगलवारका लागि तोकिएको हो।










No ads found for this position
प्रतिक्रिया


Facebook Comment