उत्तर कोरियाको पहिलो स्याटेलाइट परीक्षण दुर्घटनाग्रस्त
सियोल। उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटेलाइट दुर्घटनाग्रस्त भएको छ। सो दुर्घटनाग्रस्त स्याटेलाइट समुद्रमा खसेको थियो।
उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू-उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो। पहिलो स्याटेलाइट दुर्घटनाग्रस्त भए पछि उत्तर कोरियाले सकेसम्म चाँडो नै दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको छ।
उत्तर कोरियाले सो प्रक्षेपण सुरु गर्ने भएपछि दक्षिण कोरियाको राजधानी सियोलमा अलार्म बजाईएको थियो भने जापानको ओकिनावाका बासिन्दाहरूलाई चेतावनी जारी गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment