छुट सुविधाको विवरण उपलब्ध नगराउने स्वास्थ्य संस्थालाई बन्द गर्ने मेयर शाहको चेतावनी

डिसी नेपाल
१७ जेठ २०८० १०:३०

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नागरिकलाई स्वास्थ्य सेवा प्रत्याभूति गराउने दायित्व राज्यको भएको भन्दै छुट सुविधा नदिने सवस्थ्य संस्थालाई नियमन गर्न स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई भेटेर छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुलाई नियमन गर्दै कारबाही गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ।’

उनले छुट सुविधा सम्बन्धी विवरण उपलब्ध नगराउने स्वास्थ संस्थालाई सात दिनभित्र कानूनी दायरामा नल्याए महानगरले अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् ।

मेयर शाहले अगाडि लेखेका छन्, ‘यदि मन्त्री ज्युले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *