न्यूजील्याण्डमा भूकम्पको शक्तिशाली धक्का

डिसी नेपाल
१७ जेठ २०८० १५:००

काठमाडौं । न्यूजिल्याण्डमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता रेक्टर स्केलमा ६.२ मापन गरिएको छ । स्थानीय समय अनुसार बिहान ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

युएसजीएसका अनुसार न्यूजिल्याण्डको अकल्याण्ड आइल्याण्डमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको छ । यद्यपी मानवीय वा धनजनको क्षतिको विवरण भने आउन सकेको छैन ।

यसअघि मे १८ तारिख मध्य अमेरिकामा रहेको देश ग्वाटेमालामा अबेर राति भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । यी भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.४ थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु क्यानिला नजिक र जमिनबाट १५८ माइल (२५५ किलोमिटर) गहिराइमा थियो।

न्यूजील्याण्डमा अप्रिल महिनामै केर्मेडेक टापुमा भूकम्पको धक्का महसुस भएको थियो । बिहान गएको यस भूकम्पको तीव्रता रेक्टर स्केलमा ७ दशमलव २ मापन गरिएको थियो । एनसीएसका अनुसार यसको केन्द्र जमिन मुनि १० किलोमिटर गहिराइमा थियो। यस भूकम्पपछि न्युजिल्याण्डमा सुनामीको खतरा थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *