राजस्थानका मुख्यमन्त्रीको घोषणा : पाँच सयमा एलपी ग्याँसपछि १ सय युनिट बिजुली निःशुल्क दिइने

डिसी नेपाल
१८ जेठ २०८० ९:३२

राजस्थान। राजस्थानमा विधानसभा चुनाव हुनुअघि मुख्यमन्त्री अशोक गहलोतको नेतृत्वमा रहेको कांग्रेस सरकारले ठूलो निर्णय गरेको छ।

मुख्यमन्त्री गहलोतले राजस्थानका सबै उपभोक्ताहरूलाई बिजुलीको बिलमा ठूलो राहतको घोषणा गरेका हुन्।  मुख्यमन्त्रीले ट्वीट गर्दै भनेका छन्, अब राज्यका जनताले १०० युनिटसम्म बिजुली प्रयोग गर्दा कुनै महशुल लाग्ने छैन्।

उनका अनुसार अब हरेक महिना सबै उपभोक्ताले १०० युनिट बिजुली नि: शुल्क पाउनेछन् भने २ सय युनिट बिजुली प्रयोग गर्नेलाई सरचार्ज मिनाहा हुनेछ ।

मुख्यमन्त्रीले मासिक १०० युनिटसम्म विद्युत खपत गर्नेको विद्युत महसुल शून्य हुने बताए। अब जनताले अग्रिम बिल तिर्नुपर्ने छैन। उनका अनुसार जतिसुकै बिल आए पनि पहिलो १०० युनिटको विद्युत महसुल तिर्न पर्ने छैन।

यसअघि उनले ५०० भारतीय रुपैयाँमा एलपी ग्याँस दिने घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *