जोर्डनका युवराजको आज विवाह, को–को आउँदैछन् विशेष अतिथि ?

डिसी नेपाल
१८ जेठ २०८० १६:१०

काठमाडौं । जोर्डनका युवराज हुसेनको शाही विवाह आज हुँदैछ, जसमा बेलायतका राजकुमार विलियम र उनकी श्रीमती केट लगायत धेरै अन्तर्राष्ट्रिय सेलिब्रेटीहरु सहभागी हुन आउँदैछन् ।

युवराज हुसेनले साउदी अरेबियाका आर्किटेक्ट रज्वा अलसाइफसँग विवाह गर्न लागेका छन् जुन जोर्डनको राजधानी अम्मानमा हुनेछ।

यसमा अमेरिकाकी प्रथम महिला जिल बाइडेन पनि सामेल हुनेछिन् । उनीहरुका अलावा नेदरल्याण्डका राजा र रानी पनि यसमा सहभागी हुनेछन् ।

युवराजको विवाह जाहरान दरबारमा हुनेछ, जहाँ उनका पिता राजा अब्दुल्लाह द्वितीयको पनि विवाह भएको थियो।

राजा अब्दुल्लाह र उनका सौतेनी भाइ प्रिन्स हम्जा बीचको दरार सार्वजनिक रूपमा ज्ञात भएकोले जोर्डन राजतन्त्रको लागि यो कठिन समय हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *