एमाले सचिवालय बैठक बस्दैः केन्द्रीय सदस्यको कार्यबिभाजन गरिने
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो ।
बैठक बिहान साढे ११ बजेबाट सुरू हुनेछ। सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यबिभाजनका गरिने छ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यबिभाजन गर्न लागिएको हो।
एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment