अपचको प्रभावकारी औषधी कालो नुन, जान्नुहोस् कसरी सेवन गर्ने ?

डिसी नेपाल
१९ जेठ २०८० ९:३७

काठमाडौं। आजको जमानामा मानिसले जे मन लाग्यो त्यही खान्छन्। आफ्नो स्वास्थ्यको खासै ध्यान दिदैनन् । आफ्नो स्वास्थ्य भन्दा पनि जोब्रो स्वादमा विशेष ध्यान दिने गर्दछन्। जस्ले गर्दा अपच, एसिडिटी, पेट दुख्ने आदि समस्या हुने गर्दछ। यस्तो अवस्थामा हामीले केही घरेलु उपायहरू प्रयोग गर्न सक्छौं र तीमध्ये एक हो कालो नुन, पानी र कागतीको सेवन।

बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन पूरानै हो । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ । यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ । यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन । वास्तवमा, कालो नुन पाचन इन्जाइमले भरिपूर्ण हुन्छ। जबकि कागतीमा भिटामिन सी हुन्छ जसले एसिडिटी कम गर्छ र पानीले पाचन प्रणालीलाई गति दिन मद्दत गर्दछ।

कालो नुनको प्रयोग र फाइदाः
पाचन प्रणालीमा मद्दत गर्दछ– कालो नुन र जीराले पाचन प्रणालीलाई स्वस्थ राख्न निकै सहयोगी हुन्छ । हामी दैनिक खानामा कालो नुन प्रयोग गर्न सक्छौं। कालो नुनमा अनेक गुण हुन्छ जसले मेटाबोलिजम र आन्द्राको गतिलाई तीव्र पारेर पाचनमा मद्दत गर्न सक्छ।

रक्तचाप नियन्त्रण गर्छ– कालो नुन दैनिक प्रयोग गर्न सकिन्छ। यसमा सोडियम कम हुन्छ । यसले रक्तचाप सुधार गर्छ। साथै, पाचन प्रणालीले राम्रोसँग काम गर्छ, त्यसैले यदि तपाई बीपीको समस्याबाट पीडित हुनुहुन्छ भने तपाईले यो नुन सेवन गर्नुपर्छ ।

एसिडिटीमा सहयोगी– कालो नुनले एसिडिटीको समस्या हट्छ । कालो नुन र कागती मिसाएर पानी पिउँदा एसिडिटीबाट राहत मिल्छ र अपच पनि हुँदैन । त्यसैले यी सबै कारण र यी सबै तरिकाले एसिडिटीमा कालो नुन सेवन गर्नुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *