सुनकाेसी नदीमा सरकारी जीप खस्याे, तीन जना बेपत्ता

डिसी नेपाल
१९ जेठ २०८० १३:४३

काठमाडौं। मध्यपहाडी राजमार्गबाट सुनकोसी नदीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन्। मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाँउपालिका-७ लौकुन भन्ने स्थानबाट सुनकोसी नदीमा जिप खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभीटी) को बा १ झ ७४६७ नम्बरको जिप काठमाडाैंबाट खोटाङतर्फ जाँदै गरेको जिप सुनकोसीमा खसेको थियो।

चार जना सवार रहेको जिप सुनकोसीमा खस्दा चालक ३१ बर्षीय कृष्ण चौधरी घाइते भएका छन्। भने सिटिइभीटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ बर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ बर्षीय यमप्रसाद भुर्तेल, र विद्युत प्रशिक्षक ३२ बर्षीय भानु पौडेल बेपत्ता भएका छन्।

बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरी प्रमुख एसपी सिलवालले जनाए। उनीहरुको खोजीको लागि यतिबेला सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *