पाकिस्तानमा इमरान खानको पार्टीका अध्यक्ष परवेज इलाही पक्राउ

डिसी नेपाल
२० जेठ २०८० ९:५८

काठमाडौं । पाकिस्तानमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफका अध्यक्ष चौधरी परवेज इलाहीलाई उनको घर बाहिरबाट पक्राउ गरिएको छ ।

पाकिस्तान तहरीक-ए-इन्साफका प्रवक्ताले परवेज इलाहीको गिरफ्तारीको पुष्टि गरेका छन्। परवेज इलाहीलाई चौधरी जहुर इलाही रोडस्थित उनको घरबाटै पक्राउ गरिएको उनले बताए ।

पञ्जाबका कार्यवाहक सूचना मन्त्री आमिर मिरले जियो न्यूजसँग कुरा गर्दै भ्रष्टाचार विरोधी इकाईले प्रहरीको सहयोगमा परवेज इलाहीलाई पक्राउ गरेको बताए ।

उनी आतंकवादसँग सम्बन्धित मुद्दामा वान्टेड थिए। यसअघि परवेज इलाहीलाई पक्राउ गर्न पञ्जाब प्रहरीले उनको घरमा छापा मारेको थियो । तर यसमा उनीहरू असफल भए । त्यतिबेला उनी भ्रष्टाचार मुद्दामा खोजी भइरहेका थिए ।

पाकिस्तानमा अल कादिर ट्रस्ट मुद्दामा इमरान खान पक्राउ परेपछि उनका समर्थकहरुले गरेको उपद्रवबाट आक्रोशित सरकारले पार्टी नेताहरु विरुद्ध कडा अभियान सुरु गरेको छ ।

धेरै नेता पक्राउ परेका छन् भने धेरैले पार्टी छोडेका छन् । शाहबाज सरकार र सेना मिलेर यी नेताहरुलाई पार्टी छाड्न बाध्य पारेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *