ओडिशा रेल दुर्घटनाको मुख्य कारण पत्ता लाग्यो : रेल मन्त्री

डिसी नेपाल
२१ जेठ २०८० १२:५०

काठमाडौं । बारतका रेल मन्त्री अश्विनी वैष्णवले ओडिशाको बालासोरमा भएको रेल दुर्घटनाको अनुसन्धान पूरा भइसकेको र यसको मुख्य कारण पनि पत्ता लागेको बताएका छन् ।

रातभरि मर्मत कार्यको अनुगमन गरिरहेका रेलमन्त्रीले आइतबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा सो जानकारी दिएका हुन् । रातारात एउटा ट्र्याक मर्मतको काम सकिएको उनले बताए । अहिले ओभरहेड तारको काम भइरहेको छ ।

उनले भने, ‘अनुसन्धान पूरा भइसकेको छ, कमिश्नर (रेल सुरक्षा)ले आफ्नो पूर्ण छानबिन प्रतिवेदन यथाशीघ्र दिनेछन्, यो प्रतिवेदन आएपछि सबै तथ्य थाहा हुनेछ, तर यस्तो दर्दनाक दुर्घटनाको मूल कारण के हो ? त्यो थाहा भयो।”

बालासोर दुर्घटनामा अहिलेसम्म २८८ जनाको मृत्यु भइसकेको छ । रेल मन्त्रीले अहिले बुधवार बिहानसम्म रेलको आवागमन पूर्ण रूपमा सुचारु गर्ने प्रयास भइरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *