ओडिशा प्रशासनले रेल दुर्घटनामा मृत्यु हुनेको संख्या घटायो

डिसी नेपाल
२१ जेठ २०८० १४:३३

काठमाडौं । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले बालासोर रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ नभई २७५ रहेको बताएका छन् ।

प्रदीप जेनाले भने, “तपाईलाई थाहा छ, हिजो (शनिबार) रेलवेले मृत्यु हुनेको संख्या २८८ रहेको बताएको थियो। हामीले पनि यो जानकारी अगाडि बढाएका थियौं।”

उनका अनुसार गएरातिदेखि जिल्ला अधिकारी र उनको टोलीले घटनास्थलबाट फेला परेका शवको जाँच गरेको थियो । उनीहरूले अस्पताल र अस्थायी केन्द्रहरूको तथ्याङ्कहरू मिलाएर राखे। अन्ततः तिनीहरूले पत्ता लगाए कि केही शवहरू दुई पटक गणना गरिएको थियो।

जेनाका अनुसार यसपछि उनले मृतकको संख्याबारे चिठ्ठी लेखे । जेनाले भने, ‘पत्रका अनुसार बिहान १० बजेसम्म मृत्यु हुनेको संख्या २७५ पुगेको छ ।’

उनले भने, ‘सनाखत भएकामध्ये ७८ जनाको शव बिहानसम्म बुझाइएको छ ।’ ‘अन्य दश शवको पहिचान भइसकेको छ, हस्तान्तरणको प्रक्रिया पनि सुरु भएको छ।’

बाँकी १८७ शवमध्ये १७० जनाको शव भुवनेश्वर लगिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *