अढाइ करोड टाउकोको मूल्य तोकिएका माओवादी नेता क. आनन्दको निधन

डिसी नेपाल
२१ जेठ २०८० १५:४०

काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी माओवादी केन्द्रिय समितिका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै आफ्नो संस्थाका केन्द्रीय समिति सदस्य तथा पोलिटब्युरोका सदस्य कट्टकम सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका छन् ।

कट्टकम सुदर्शनमाथि १.५५ करोड भारू (अढाइ करोड नेपाली रूपैयाँ) को पुरस्कार राखिएको थियो ।

भाकपा माओवादीमा दोस्रो नम्बरमा रहेका कट्टकम सुदर्शनलाई माओवादी संगठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकम, सुदर्शन, रमेश, महेश र एएनको नामले पनि चिनिन्थ्यो। उनलाई मुख्य गरी उनको छद्म नाम क. आनन्दको नामले चिनिन्थ्यो ।

तेलंगानाको आदिलाबाद निवासी करिब ६६ वर्षीय कट्टकम सुदर्शनलाई देशका धेरै भागमा माओवादी आक्रमणमा संलग्न भएको आरोप लगाइएको छ।

प्रहरीका अनुसार सन् १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय रहेका कट्टकम सुदर्शनमाथि छत्तीसगढका भाजपा विधायक भीमा मांडवीको हत्यामा पनि संलग्नता रहेको आरोप छ ।

एनआईएले यस मामिलामा मात्रै कट्टकम सुदर्शनको जानकारी दिनेलाई १० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *