केन्याद्वारा सुडानमा रहेको दूतावास बन्द
नैरोबी । सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ।
विदेश र डायस्पोरा मामिला मन्त्रालयका विदेश मामिलाका प्रमुख सचिव कोरिर सिङ्गोईले केन्याले सुडानमा रहेका कुनै पनि केन्यालीहरूलाई बाहिर निकाल्न सहजीकरण गर्न खुला रहेको बताएका छन् ।
‘हामीले सुडानको खार्तूममा सशस्त्र समूहहरूले कूटनीतिक अधिकारीहरूलाई निशाना बनाएको चिन्ताजनक समाचारहरू प्राप्त गरिरहेका छौं । खार्तुममा रहेको केन्या मिशन जुन अझै पनि केन्यालीहरूलाई बाहिर निकाल्नको लागि खुला रहेको थियो, अहिले बन्द छ,’ उनले भने ।
सुडानका सेनापतिहरूबीचको लडाइँमा केन्याले मे महिनाको शुरुसम्ममा कम्तीमा ९०० व्यक्तिको उद्धार गरेको छ। विदेश मन्त्रालयका अनुसार सुडानमा ३,००० भन्दा बढी केन्यालीहरू बसोबास गरिरहेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment