फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्याण्ड भ्रमणमा
वेलिङ्टन। फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड आइपुगेका छन्।
“प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गर्नु भएको थियो र अहिले हामी उहाँलाई पुनः यहाँ स्वागत गर्न तत्पर छौं,” न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सलले भने।
न्युजिल्यान्ड र फिजीबीच जलवायु परिवर्तन जस्ता पारस्परिक हितका क्षेत्रमा घनिष्ट सहयोग आदानप्रदान र आर्थिक रूपमा समृद्ध प्रशान्त क्षेत्रको सुनिश्चितताका निम्ति दीर्घकालीनरूपमा कार्यगत सम्बन्ध रहेको हिप्किन्सले बताएका छन्।
न्युजिल्याण्डमा रहँदा रबुकाले अकल्याण्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठकहरू र राष्ट्रिय युद्ध स्मारक र प्यासिफिक वार मेमोरियलको औपचारिक भ्रमण गर्ने छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment