रुसको दावी, हामीले डोनेस्कमा युक्रेनको ठूलो हमला रोक्यौं

डिसी नेपाल
२३ जेठ २०८० ११:४०
56
Shares

काठमाडौं । रुसको रक्षा मन्त्रालयले डोनेस्कमा युक्रेनी आक्रमणलाई रोकेको बताएको छ । यो आक्रमणमा २५० जनाको ज्यान जान सक्ने र १६ सैन्य गाडी ध्वस्त हुन सक्ने दाबी गरिएको छ ।

रुसले एउटा भिडियोमार्फत यो दाबी गरिरहेको छ, भिडियोमा खेतमा पार्किङ गरेका रुसी सैन्य गाडीमा आगो लागेको देखिन्छ । यद्यपि रुसको यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

सोमबार युक्रेनको सेनाले यस्तो आक्रमणको कुनै जानकारी नभएको बताएको छ । युक्रेनका सैन्य प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई भने, “हामीसँग यसबारे कुनै जानकारी छैन र हामी त्यस्ता झुटो कुराहरूमा टिप्पणी गर्दैनौं।”

युक्रेनको प्रतिकारात्मक आक्रमणको धेरै महिनादेखि अनुमान गरिएको थियो, यद्यपि युक्रेनले पहिले नै आफ्नो आक्रमण तीब्र बनाउनुअघि चेतावनी नदिने बताएको थियो।

रुसको रक्षा मन्त्रालयले युक्रेनले आइतवार छवटा मेसिन गन र दुईवटा ट्याङ्की बटालियनले डोनेट्स्क क्षेत्रमा “ठूलो आक्रमण” गरेको जनाएको छ।

भारी गोलाबारीमा आइरहेका बख्तरबंद सवारीका यी फुटेजहरू प्रामाणिक हुन् भने युक्रेनी सेनाले आगामी दिनमा कडा प्रतिरोधको सामना गर्ने कुरा स्पष्ट छ।

र यदि यो भिडियो र दाबी साँचो छैन भने, यो रूसले न्यारेटिभलाई नियन्त्रण गर्ने प्रयास हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *