मणिपुरमा फेरि हिंसा भड्कियो, तीन जनाको मृत्यु

डिसी नेपाल
२३ जेठ २०८० १५:३९

काठमाडौं । मणिपुरको इम्फाल पश्चिम जिल्लाको कांगचुप क्षेत्रमा सोमबार फेरि हिंसा भड्किएको छ ।

सोमबार बिहान दुई सशस्त्र समूहबीच गोली हानाहान हुँदा तीन जनाको मृत्यु भएको छ । जबकि अन्य चार जना घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार घाइतेहरूलाई इम्फालको अस्पतालमा भर्ना गरिएको छ र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

केन्द्र सरकारले आइतबार मणिपुरमा भएको हिंसाको छानबिन गर्न गुवाहाटी उच्च अदालतका पूर्व मुख्य न्यायाधीश अजय लाम्बाको अध्यक्षतामा छानबिन आयोग गठन गरेको छ।

मे ३ मा जातीय द्वन्द्व सुरु भएदेखि मणिपुरमा छिटपुट हिंसा जारी छ। झडपमा मृत्यु हुनेको संख्या ८० नाघेको अधिकारीहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *