कतार जान लागेको विमानमा अचानक यात्रुले ‘विमानमा बम राखेको छ’ भन्दै चिच्याउन थालेपछि…

डिसी नेपाल
२३ जेठ २०८० १५:५७

काठमाडौं । कोलकाताबाट दोहाका लागि उड्न लागेको कतार एयरवेजको विमानमा एक युवकले विमानमा बम राखेको भन्दै कराउन थालेपछि हंगामा मच्चिएको छ । त्यसपछि चालक दलका सदस्यहरूले सीआईएसएफमा उजुरी गरेपछि उडानको खानतलासी गरिएको थियो। युवकका बुवाले उनको मानसिक अवस्था ठीक नभएको अधिकारीहरुलाई बताए ।

कतार एयरवेजको फ्लाइट क्युआर ५४१ कोलकाताबाट दोहा जाँदै थियो। विमानको उडान ढिलो भएको कारण एक युवकले यसमा बम छ भनेर कराउन थाले। विमानका चालक दलका सदस्यहरूले यसबारे सीआईएसएफलाई गुनासो गरेका थिए। सुरक्षाकर्मीले हतारमा विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालेका थिए ।

सोधपुछका क्रममा ती युवकले विमानभित्र बम भएको बारे कसैले बताएको दाबी गरेपछि स्निफर डगमार्फत विमानको जाँच गरिएको थियो । तर, ती युवकका बुबाले आफ्नो छोराको मानसिक अवस्था ठीक नभएको अधिकारीहरूलाई बताए । यस सम्बन्धमा उनले सीआईएसएफ अधिकारीहरूलाई कागजातहरू पनि देखाए।

उडानमा बम भएको हल्लाका कारण उडान ढिला भएको छ । यसअघि फेब्रुअरी महिनामा हैदरावादबाट चेन्नईका लागि उडेको विमानमा बम भएको खबर आएपछि लखनउको चौधरी चरण सिंह विमानस्थलमा विमानको आकस्मिक अवतरण गरिएको थियो । उडान हतारमा चेक गरियो। तर, बम निरोधक टोलीले बम फेला पारेन । बमको अफवाह फैलाउने व्यक्तिलाई प्रहरीले हैदराबादबाट पक्राउ गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *