भयंकर दुर्घटनामा परेको कोरोमण्डल एक्सप्रेस आजदेखि फेरि चल्ने

डिसी नेपाल
२४ जेठ २०८० १३:२३

काठमाडौं । ओडिशामा २१ औं शताब्दीको सबैभन्दा खराब रेल दुर्घटना पछि, कोरोमण्डल एक्सप्रेस बुधबारबाट फेरि चल्न थाल्दैछ । बुधबार दिउँसो ३.२० बजेदेखि शालिमार स्टेसनमा कोरोमण्डल एक्सप्रेस पुनः सञ्चालनमा आउने दक्षिणपूर्वी रेलवेका प्रवक्ता आदित्यकुमार चौधरीले जानकारी दिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले अप लाइन र डाउन लाइनका दुई ठूला ब्लकमा मर्मतको काम जारी रहेको बताए । यस दुर्घटनामा कम्तिमा २७५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

रेलवेका अनुसार हालसम्म पीडित परिवारलाई १६.१० करोड रुपैयाँ क्षतिपूर्ति दिइसकेको छ। रेलवेका अनुसार यो तथ्यांक हरेक घण्टा अपडेट भईरहेको छ ।

रेलवेका अनुसार कोलकातादेखि भुवनेश्वरसम्मको अप लाइनमा हालसम्म ४० वटा रेल गुडेका छन्। ती मध्ये २४ मालवाहक ट्रेनहरू छन्।

रेलवेका अनुसार हालसम्म ४९ वटा रेल हावडा स्टेशनतर्फ डाउन लाइनमा चल्न थालेका छन्। ती मध्ये १६ मालवाहक ट्रेन र २३ यात्रु ट्रेन हुन्।

रेलवेले दुर्घटनाको बारेमा भ्रामक समाचारहरू प्रसारण नगर्न पनि अपील गरेको छ। रेलवे प्रवक्ताले लोको पाइलटको मृत्यु भएको खबर गलत भएको बताएका छन् ।

शुक्रबार, जुन ०२, २०२३ बेलुका ७ बजे ओडिशाको बालासोरमा तीनवटा रेल दुर्घटनामा परे। यस दुर्घटनामा १२८४१ शालीमार–चेन्नई कोरोमण्डल एक्सप्रेस, १२८६४ सर एम विश्वेश्वरया–हावडा सुपरफास्ट एक्सप्रेसका १७ वटा डिब्बा पटरीबाट खसेका छन् ।

यस दुर्घटनामा बहानागा बजार रेलवे स्टेशनमा उभिएको मालगाडी पनि दुर्घटनाको चपेटामा परेको छ । सीबीआईले यो रेल दुर्घटनाको अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *