आगामी ४८ घण्टामा विपरजोय चक्रवातको तीब्रता अति गम्भीर हुने, समुद्रमा नजान चेतावनी

डिसी नेपाल
२५ जेठ २०८० १३:३१
3.6k
Shares

काठमाडौं । गोवाबाट ८७० किलोमिटर पश्चिममा अरब सागरमा जारी रहेको चक्रवाती आँधी ‘विपरजोय’को तीव्रता बढ्दै गएको भारतीय मौसम विज्ञान विभागले बिहीबार जनाएको छ ।

यो आँधी ४८ घण्टामा चक्रवाती आँधीबाट अति गम्भीर चक्रवाती तुफानमा परिणत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागले भनेको छ ‘यदि तपाईले वायुमण्डलीय अवस्था र बादलको घनत्वलाई ध्यान दिएर हेर्नुभयो भने, यो तूफान जुन १२ सम्म धेरै गम्भीर चक्रवाती तूफान रहनेछ।’

मौसम विभागले कर्नाटकको तटीय क्षेत्रमा काम गर्ने माछा मार्नेहरूलाई अरब सागरमा नजान सल्लाह दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *