माइतीघर मण्डलमा एक व्यक्तिले गरे आत्मदाह प्रयास
सांकेतिक तस्वीर
काठमाडौं। काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्।
ती व्यक्तिले शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
उनका अनुसार ती व्यक्तिलाई प्रहरीले तत्कालै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टरमा पठाएको छ। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने व्यक्तिले पूरा विवरण खुलिनसकेका उनले जनाए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment